सत्यमेव जयते

0
912

-रत्न लक्सम सुब्बा

भन्नेले भन्छ

सत्य तीतो हुन्छ

सत्य तीतो हुन्छ

वा मीठो हुन्छ ।

त्यो जिन्दगीको

बचाइले भन्छ ।

जिन्दगीको बचाइ

सुन्दर छ

कि कुरूप ?

जिन्दगीको बचाइ

कल्याणकारी छ ?

कि अनर्थकारी ?

जिन्दगी बाँच्नु

र बचाइले

परिणामको

मापदण्ड तय गर्छ ।

जो बद्लिरहन्छ

त्यहाँ सत्यको

एक अंश पनि

समाहित हुँदैन ।

जो कहिल्यै बद्लिदैन ।

अव्यय र अविनाशी हुन्छ ।

त्यहाँ अदृश्यरूपमा

सत्यको उपस्थिति भइरहन्छ ।

जो निराकार छ

जसमा शक्ति

अनि

सामर्थ्यको अग्निकुण्ड हुन्छ ।

यसैले सत्यको  जय भइरहन्छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here