गान्तोक, 4 अक्टोबरः सिक्किममा कोरोना भाइरस सङ्क्रमितको मृत्युको सङ्ख्या 45 पुगेको छ। आज पनि दुईजना सङ्क्रमितको मृत्यु भएको छ।
राज्यमा भइरहेको कोरोना संक्रमितको मृत्यु दरलाई हेर्नु हो भने पछिल्लो एक साताभित्र 12 जना सङ्क्रमितको ज्यान गइसकेको छ।
यस साता सोमबार दुईजना, मङ्गलबार एकजना , बुधबार एकजना, बिहीवार तीनजना, शुक्रबार एकजना, शनिवार दुई अनि आज आइतबार पनि दुईजना गरी कुल 12 जनाको मृत्यु भएको छ।
अर्कोतिर आज राज्यमा कुल 43 नयाँ मामिला आएको छ।
आज रिपोर्ट पोजीटिभ आउनेहरूमा पूर्व सिक्किमबाट 28, दक्षिण सिक्किमबाट 15 रहेको छ।
यससँगै राज्यमा कुल कोरोना सङ्क्रमित सङ्ख्या 3093 पुगेको छ, जसमध्ये 2399 जना स्वस्थ भएर आ-आफ्नो घर फर्केका छन्।
अहिले राज्यमा कुल एक्टिभ केस 649 रहेको छ।