श्रीनगर, ४ नोभेम्बर : कठोर सुरक्षाबीच पनि आतङ्कीवादीहरूले सोमवार अपराह्न सुरक्षा बललाई लक्षित गरी ग्रेनेड हमला गरेका छन्।
सूत्रका अनुसार आज श्रीनगरको गनी खान क्षेत्रस्थित मौलाना अजाद रोडमा सन्दिग्ध आतङ्कीवादीहरूले सुरक्षा बललाई तारो बनाएर ग्रेनेड हमला गरेका हुन्। जसमा सुरक्षा बल र आम नागरिक घाइते भएका छन्।
यो ग्रेनेड हमलामा परी घाइते हुनेहरूको सङ्ख्या करिब १५ रहेको बताइएको छ। पुलिस र स्थानीय मानिसहरूले घाइतेहरूलाई तत्कालै अस्पताल पुऱ्याएका छन्। त्यहीं सुरक्षा बलले त्वरित कारबाहीअन्तर्गत क्षेत्रलाई घेराबन्दी गरी आतङ्कीहरूको खोजी शुरु गरेको छ।
पुलिसका अनुसार आतङ्कीहरूले उक्त ग्रेनेड हमला एक सब्जी मार्केटमा गरेका हुन्। त्यसबेला मानिसहरू किनबेचमा मस्त थिए। पुलिसका अनुसार ग्रेनेड हमलापछि आतङ्कीहरू चम्पट कसेका छन्, जसलाई सुरक्षा बलले खोजिरहेको छ।
उल्लेखनीय छ, उपत्यकामा केही दिनयता लगातार आतङ्कीहरूले ग्रेनेड हमला गरिरहेका छन्। पछिल्लो 28 अक्टोबरको दिन पनि आतङ्कीहरूले सेपोर जिल्लामा ग्रेनेड हमला गरेका थिए, जसमा १५ नागरिक घाइते भएका थिए।