सिक्किममा पटेका पड़्काउनमा लगाइयो प्रतिबन्ध

0
1654
प्रतीकात्मक फोटो।

गान्तोक, 4 नोभेम्बरः सिक्किम सरकारले एउटा ताजा आदेश जारी गरी राज्यमा पटेका पड्काउनमा प्रतिबन्ध लगाएको छ।

सिक्किममा कोरोना भाइरस सङ्क्रमणको मामिला हाल घट्दै गएको उल्लेख गर्दै यस्तो स्थितिमा पटेका पड्काएर पर्यावरण प्रदूषित हुँदा कोरोनाको सङ्क्रमणबाट मुक्त बनेका मानिसहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने बताएको छ।

सिक्किम सरकारको गृह विभागद्वारा जारी गरिएको सरकारी आदेशमा उल्लेख गरेअनुसार यसपल्ट पटेका पड्काउँदा कोरोना सङ्क्रमणबाट छुट्कारा पाएका मानिसहरूका लागि खतराको स्थिति सिर्जना हुनसक्नेछ।

राज्यमा महामारीको समयभरि आपदा प्रबन्धन ऐनअन्तर्गत पटेका पड्काउनमा पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ।

नयाँ आदेश नआउञ्जेल यो आदेश लागू रहने उल्लेख गरिएको छ।

यो सरकारी आदेशलाई कडाइका साथ लागू गर्न जिल्लापाल र पुलिस अधिक्षकले  ठोस कदम चाल्नुपर्र्छ भनिएको छ।

नियमको उल्लङ्घन गर्नेविरुद्ध कड़ाभन्दा कड़ा कारबाही गरिने बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here