पानीट्याङ्कीबाट तीन बङ्ग्लादेशी पक्राउ

0
1815
पक्रा परेका बङ्ग्लादेशी नागरिकहरू।

सिलगढ़ी, 3 दिसम्बरः भारत-नेपाल सीमा पानीट्याङ्कीबाट  पुनः तीनजना बङ्ग्लादेशी नागरिक पक्रा परेका छन्। सशस्त्र सीमा बल (एसएसबी)-को 41औं बटालियनका जवानहरूले यी तीन बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेका हुन्।

जानकारीका अनुसार  नेपालको भूमि भएर भारत छिर्ने कोशिश गरिरहेको बेला एसएसबी जवानहरूले उनीहरूलाई पक्रा गरेका हुन्। उनीहरूसँग कुनै वैध  दस्तावेज नरहेको बताइएको छ।

एसएसबी सूत्रका अनुसार पक्रा पर्ने बङ्ग्लादेशी नागरिकहरूको नाम मोहम्मद हुसैन (22), मोहम्मद रहिम (30) र इब्राइम मोहम्मद (27) छन्।

जानकारीका अनुसार मोहम्मद हुसैन बङ्ग्लादेशको भोला जिल्लाअन्तर्गत् नोलगोरानिवासी तथा मोहम्मद रहि र इब्राइम मोहम्मद उत्तर दिगोल्दीनिवासी हुन्।

एसएसबीले प्राथमिक जाँच गरेपछि थप अनुसन्धानका लागि  खोरीबारी पुलिस थानामा सुम्पिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here