श्रीनगर, ४ दिसम्बरः उत्तरी कश्मीरका धेरै ठाउँमा गएको हिउँको पैह्रो (हिमस्खलन)-ले पुरिएर ४ जवान शहीद भएका छन्। मङ्गलवार कुपवाड़ा जिल्लाको तङ्गधर सेक्टरमा गएको हिउँको पैह्रोमा एक आर्मी क्याम्प पुरिएको बताइएको छ।
यो हिउँको पैह्रोको चपेटमा परी केही जवान बेपता बनेको बताइएको छ। सेना सूत्रका अनुसार यो घटनामा परी सेनाका तीन जवान शहीद भएका छन्। त्यहीं बन्दीपोरामा पनि हिउँकै कारण एक जवानशहीद भएका छन्।
उल्लेखनीय छ, मङ्गलवार बेलुकी उत्तरी कश्मीरका धेरै ठाउँमा हिउँको पैह्रो (हिमस्खलन)-गएको थियो। कश्मीरका कुपवाड़ा र बन्दीपोरा जिल्लामा भएको हिमपैह्रोका बेग्ला-बेग्लै घटनामा धेरै जवान बेपता बनेका बताइएको छ, जसको खोजीकार्य जारी छ।
उल्लेखनीय छ, पछिल्लो महिना सियाचिन ग्लेशियरमा बेग्ला-बेग्लै हिउँको पैह्रोमा परी चारजना जवान शहीद भएका थिए। यसका साथै दुईजना पोर्टरले पनि ज्यान गुमाएका थिए।
स्मरणरहोस्, सियाचिनमा यसभन्दा अघि पनि धेरैपटक यस्ता घटनाहरू भइसकेका छन्, जसमा परी अहिलेसम्म भारतीय सेनाका सयौं जवानले आफ्नो ज्यान गुमाइसकेका छन्। आँकड़ामा अनुसार १९८४ देखि अहिलेसम्म हिउँको पैह्रोका घटनाहरूमा सेनाका ३५ अधिकारीसहित १,००० भन्दा अधिक जवान शहीद भइसकेका छन्।
२०१६ मा यस्तै एक घटनामा कुल १० जवानको शहीद भएका थिए।