गोरामुमोले छैटौं अनुसूची सम्झौता दिवस पालन गर्ने

0
946
गोरामुमो केन्द्रिय कार्यालय प्रवक्ता वाई लामा।

दार्जीलिङ, ४ दिसम्बरः गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले आउँदो ६ दिसम्बरको दिन छैटौं अनुसूची सम्झौता पालन गर्ने गोरामुमो केन्द्रिय कार्यालय प्रवक्ता वाई लामाले बताएका छन्।

पार्टी अध्यक्ष मन घिसिङले निर्देशमा दार्जीलिङ महकुमाभरि विविध कार्यक्रम गरी छैटौं अनुसूची सम्झौता दिवस पालन गर्ने निर्णय गरिएको उनले बताएका छन्। लामाका अनुसार दार्जीलिङ सदर १ र २ को अगुवाई पालन गर्ने छैटौं अनुसूची सम्झौता दिवस मन घिसिङ प्रमुख रूपमा उपस्थित हुने बताए। उनका अनुसार त्यसदिन छैटौं अनुसूचीको महत्त्व, आवश्यकता तथा छैटौं अनुसूची के थियो थियो? पहाड़वासी के गुमाए? भन्ने विषयमा चर्चा गर्ने बताएका छन्।

6 दिसम्बर 2005-को दिन गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष सुवास घिसिङले केन्द्र र राज्य सरकारसित छैटौं अनुसूचीको लागि सम्झौता गरेको बताउँदै त्यसको विरोध भएको कारण दार्जीलिङ पहाड़ले धेरै गुमाउन परेको लामाले बताए।

यसका साथै उनले कालेबुङ, मिरिक र खरसाङ क्षेत्रमा पनि आफ्नो खुशीअनुसार विविध कार्यक्रम आयोजन गरी छैटौं अनुसूची दिवस पालन गर्ने  अपील गरेका छन्।

लामाले आजको दिनमा पुनः छैटौं अनुसूचीको हावा देशभित्रै चलिरहेको बताए। यसैले गोरामुमोका संस्थापक अध्यक्ष स्व. सुवास घिसिङले छैटौं अनुसूची माग गरी के गर्नखोजेका थिए र दार्जीलिङ पहाड़वासीले के गुमाएका रहेछन् भन्नेबारे जनतालाई बुझ्नपर्ने प्रवक्ता लामाले बताए।

यस प्रसङ्गमा उनले केन्द्रशासित प्रदेशको मान्यता पाइसकेको लद्दाखले छैटौं अनुसूचीको माग गरिरहेको प्रसङ्गलाई जोड़े। यसका साथै अहिले देशभरि विवादको कारण बनेको राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) छैटौं अनुसूची भएका क्षेत्रहरूमा लागू नहुने केन्द्रिय गृहमन्त्री अमित शाहले घोषणा गरिसकेको पनि बताए।

“गोरामुमो अध्यक्ष सुवास घिसिङले आजभन्दा 12-13 वर्षअघि जुन दूरदर्शितापूर्ण राजनीति गरेर यो क्षेत्रलाई छैटौं अनुसूचीमा गाभ्ने काम गरेका थिए, त्यसलाई हामीले बुझौं”, गोरामुमो केन्द्रिय कार्यालय प्रवक्ता वाई लामाले भने।

स्मरण रहोस्, 6 दिसम्बर 2005-को दिन राज्य सरकार, केन्द्र सरकार र गोरामुमो अध्यक्ष सुवास घिसिङमाझ छैटौं अनुसूचीको लागि सम्झौता भएको थियो। तर बिस्तारै दार्जीलिङ पहाड़मा छैटौं अनुसूचीको विरोधमा आवाज उठ्न थालेपछि सरकारले पनि यसलाई लागू गर्न ढिलाई गरेको थियो।

फलस्वरूप, आज 13 वर्ष बितिसक्दा पनि पहाड़मा छैटौं अनुसूची लागू हुनसकेन। तरै पनि गोरामुमोले बर्सेनि यसको सम्झौता दिवस पालन गरेर यसको यादलाई ताजा राखिरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here