विनय तामाङपन्थी डीटीडीपीएलयू अवैधः पीटी शेर्पा

0
918

दार्जीलिङ, 4 दिसम्बरः विनय तामाङपन्थी श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनलाई अवैध ठान्छ विमलपन्थी दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन।

यसै विषय लिएर विमल गुरुङपन्थी गोजमुमोको श्रमिक सङ्गठनले राज्यका श्रम एवं कानून मन्त्री मलय घटकलाई पत्राचार गरिसकेको युनियनका अध्यक्ष पीटी शेर्पाले आज बताए।

उनले भने, “विनयपन्थी गोजमुमोको श्रमिक सङ्गठनले मलाई उनीहरूको कानूनी सल्लाहकार हो भन्ने बयान दिँदै आइरहेको छ, जसलाई म सरासर खण्डन गर्छु।’’

दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनको स्थापनाकालदेखि अहिलेसम्म पनि आफू नै यसका अध्यक्ष रहेको बताउँदै शेर्पाले करुणा गुरुङ, भरत ठकुरी, जेबी तामाङहरू सामेल रहेको श्रमिक सङ्गठन पूर्णरूपले अवैध रहेको उनले जनाए।

“श्रमिक सङ्गठनको नामअघि दार्जीलिङ, तराई अनि डुवर्स किन राखिएको थियो भन्नेबारे नै सम्भवतः उनीहरूलाई थाह छैन’’, उनले थपे, “यदि उनीहरूले आफ्नो सदस्य सङ्ख्या दार्जीलिङ पहाड़, तराई अनि डुवर्समा 10 प्रतिशतभन्दा अधिक देखाउन सक्छन् भने उनीहरूले श्रमिक सङ्गठन गर्न सक्छ। तर, विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठनमा यति सदस्य पनि छैन।’’

शेर्पाका अनुसार गोर्खा जनमुक्ति मोर्चा एउटै छ अनि यसका अध्यक्ष विमल गुरुङ हुन्।

“गोजमुमोले तयार पारेको गोर्खाल्याण्डको मानचित्रमा तराई-डुवर्सको भू-भागलाई पनि समेट्ने कार्य गरिएको छ। त्यसैकारण गोजमुमोको श्रमिक सङ्गठनको नाम दार्जीलिङ, तराई, डुवर्स प्लान्टेशन लेबर युनियन राखिएको हो’’, उनले थपे।

यदि विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन अवैध हो भने हिजो सिलगढ़ीमा चियाबगानका स्टाफ, सब्-स्टाफहरूको वेतन वृद्धि विषय लिएर भएको बैठकमा उनीहरूलाई पनि डाकिएको थियो नि? भन्ने प्रश्‍न गर्दा पीटी शेर्पाले भने, “यसमाथि निर्णय लिने दायित्व सरकारको हो। तरै पनि सरकारले यस विषयमा उचित ध्यान दिन आवश्यक छ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here