विमल-रोशनले भेटे अभिषेक ब्यानर्जी, तराई-डुवर्स समेटेर पीपीएसको माग

0
850

दार्जिलिङ, ४ दिसम्बरः गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) अध्यक्ष विमल गुरुङ र महासचिव रोशन गिरीले आज अल इन्डिया तृणमूल कङ्ग्रेसका महासचिव अभिषेक ब्यानर्जीसँग भेट गरे।

यसअवधि यी दुई मोर्चा नेताले तराई र डुवर्सलाई समेटेर स्थायी राजनीतिक समाधान गर्नुपर्ने मागलाई दोहोऱ्याए।

केही दिनअघि तृणमूल नेता पार्थ च्याटर्जीसँग भेट गरी मोर्चा टोलीले यसै माग राखेको छ।

आज विमल-रोशनको अभिषेकसँग भेटवार्ता अवधि पार्थ च्याटर्जी पनि उपस्थित थिए।

उल्लेखनीय छ,  विमल गुरुङको नेतृत्वमा कोलकाता भ्रमणमा रहेको गोजमुमोको शीर्षस्थ टोलीले अहिले राज्यका विभिन्न मन्त्री र तृणमूल कङ्ग्रेसका शीर्षस्थ नेतृत्वसँग भेट गरी पहाड़का विभिन्न मुद्दा र समस्याबारे अवगत गराउने कार्य गरिरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here