नोकियाको नयाँ स्मार्टफोन बजारमा

0
1645
नोकियाको 106 (2018) स्मार्टफोन।

नोकिया ब्राण्ड प्रोमोटर एचएमडी ग्लोबलले केही दिनअघि नोकिया 8.1 स्मार्टफोन लञ्च गरेको थियो। अहिले यसले भारतमा नयाँ फिचर फोन नोकिया 106 (2018) ल्याएको छ।

कम्पनीका अनुसार नोकिया 106 (2018) –को सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको यसको बलियो ब्याट्री हो। कम्पनीको दाबीका अनुसार यो ब्याट्री 21 दिनसम्म चल्नेछ।

ब्याट्रीलगायत यसका अन्य फिचर पनि राम्रो छ। फोनको बडी पोलिकार्बोनेट छ। यसमा डुअल सिमसहित 160X120 पिक्सल रेजोल्युशनसहितको क्यामेरा छ। यो फोन मीडियाटेकको MT6261D प्रोसेसर, 4 एमबी ऱ्याम र 4 एमबी स्टोरेजयुक्त छ। यसलगायत फोनमा 3.5 एमएमको हेडफोन ज्याक, एफएम रेडियो र एलईडी फ्ल्याश लाइट पनि छ।

भारतमा नोकिया 106 (2018) अहिले ग्रे कलर भेरिएण्टमा प्राप्त हुनेछ। यसको मूल्य 1,299 रुपियाँ छ। यद्यपि बेग्ला बेग्लै भेण्डर्सको हिसाबले मूल्यमा तल-माथि हुनसक्छ। यो फोनलाई नोकियाको वेबसाइटलगायत फ्लिपकार्ट, अमेजन र अन्य अनलाइन सपिङ स्टोरबाट किन्न सकिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here