ममतालाई चुनौती दिन योगी आज पुरुलिया आउने

0
1870
यूपीका मुख्यमन्त्री योगी आदित्यनाथ (फाइल फोटो)।

कोलकाता, 5 फरवरी : उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आज कोलकाता आउँदैछन्। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई चुनौती दिन पुरुलिया आउने भएका हुन्। पुरुलियामा योगीले जनसभालाई सम्बोधन गर्नेछन्।

प्राप्त जानकारीका अनुसार अपरान्ह 3.25 बजे उनले जनसभालाई सम्बोधन गर्नेछन्। पछिल्लो 3 फरवरीमा पश्चिम बङ्गालको दुईवटा स्थानमा योगीको जनसभामा तय गरिएको थियो, तर त्यहाँको प्रशासनले उनको हेलिकप्टरलाई ल्याङ्डिङ गर्ने अनुमति दिएन।

त्यसबेला भाजपाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी योगीसँग डराएको दाबी गरेको थियो। पछि योगीले मोबाइलमार्फत् दुवैवटा जनसभालाई सम्बोधन गरेका थिए।

यसपटक योगीको हेलिकप्टर झारखण्ड र बङ्गालको सीमास्थित बोकारोको नगेन मोडमा ल्याङ्डिङ गर्ने बताइएको छ। त्यसपछि उनी सड़कमार्ग हुँदै जनसभास्थलसम्म जानेछन्।

स्मरणरहोस्, झारखण्डमा भाजपाकै सरकार छ। यदि योगीलाई पुरुलियामा जनसभामा नगर्ने बङ्गाल सरकारले अनुमति नदिए, योगी चर्चाको केन्द्रको बन्नेछ।

अघिबाटै सीबीआईको कारबाहीमाथि बाधा पुऱ्याएको कारण ममता सरकारले समस्यामा फँसेको छ। यस्तो चेपारो स्थितिमा योगीले जनसभा गर्ने अनुमति नपाए यसको राजनीतिक फाइदा भाजपालाई हुनेछ।

3 फरवरीको दिन यूपीका  मुख्यमन्त्री योगी आदित्यनाथले बालुरघाटमा एक ऱ्यालीमा सामेल हुने कार्यक्रम थियो। तर ममता सरकारले योगीलाई यसका लागि अनुमति दिएनन्।

कहाँसम्म भने उनको हेलिकप्टरलाई पनि बङ्गालमा ल्याङ्डिङ हुनन दिएन। पश्चिम बङ्गाल सरकारले  कुनै नोटिस जारी नगरी ऱ्यालीको अनुमतिलाई खारेज गरेको थियो। यद्यपि उनले ऱ्यालीलाई फोनमार्फत नै सम्बोधन गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here