भूटानमा अब भारतीय पर्यटकहरूले प्रतिदिनको 1200 रुपियाँ शुल्क तिर्नुपर्ने

0
1605
फोटो -इन्टरनेट।

नयाँ दिल्ली, 5 फरवरीः अबउसो भूटान घुम्न जाने भारतीय भारतीय पर्यटकहरूले प्रतिदिनको 1200 रुपियाँ गरी शुल्क तिर्नपर्नेछ। यो शुल्क जुलाई 2020 देखि लागू हुनेछ।

भूटानले भारतीय पर्यटकहरूलाई दिँदै आएको निःशुल्क प्रवेश उठाएपछि भारतीय पर्यटकहरूले अबउसो शुल्क तिर्नुपर्ने भएको हो। यससम्बन्धमा भूटानको संसदले हिजो अर्थात् 4 फरवरीको दिन एक विधेयक पारित गरेको छ।

क्षेत्रीय पर्यटकहरूका लागि भूटानले हालैमा एक नयाँ प्रणाली शुरु गरेको छ, जुन प्रणालीलाई ‘सतत् विकास शुल्क’ भनिएको छ। भूटान घुम्न गएका भारतीय पर्यटकहरूले प्रतिदिन 1200 रुपियाँ यसै सतत् विकास शुल्कको रूपमा तिर्नपर्नेछ।

जानकारीका अनुसार भूटान सरकारले पर्यटनलाई बढ़ावा दिनका लागि यस्तो फैसला लिइएको हो। भारतीय पर्यटक मात्र होइन, तर बङ्ग्लादेश र मालद्वीपबाट भूटान घुम्न गएका पर्यटकहरूले पनि यो शुल्क तिर्नपर्नेछ।

यद्यपि पाँच वर्षभन्दा कम उमेरका नानीहरूमाथि भने यो शुल्क लाग्नेछैन। 6 वर्षदेखि 12 वर्षसम्मका नानीहरूका लागि 600 रुपियाँ शुल्क लाग्नेछ।

भूटानका अनुसार सतत् विकास शुल्कको मुख्य उद्देश्य पर्यटकहरूलाई राम्रो सुविधा उपलब्ध गराउनु हो। यस शुल्कमार्फत् क्षेत्रीय पर्यटकहरूलाई राम्रो सुविधा दिने कोशिश गरिनेछ।

यसैबीच, यो नयाँ नियम लागू गरिँदा भारतीय पर्यटकहरूलाई कुनै प्रकारको कठिनाइ नहुने भूटान सरकारले बताएको छ।

भारतबाट प्रतिवर्ष बाक्लो सङ्ख्यामा मानिसहरू भूटान घुम्न जानेगर्छन्। आँकड़ाका अनुसार 2018 मा भूटान घुम्न जाने 74 प्रतिशत क्षेत्रीय पर्यटक थिए। त्यसैगरी पछिल्लो भारतबाट करिब 1,91,836 पर्यटक भूटान घुम्न गएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here