खरसाङ, 5 मार्च : दार्जीलिङबाट सिलगढ़ी फर्किरहेको डब्ल्यूबी 76/3083 नम्बरको सरकारी बस दुर्घटना हुँदा एक दर्जनभन्दा बढ़ी यात्रु घाइते भएका छन्।
यो दुर्घटना सुकना नजिक मङ्गलबार लगभग 1 बजे भएको हो। पुलिसका अनुसार बसमा 30 जना भन्दा बढ़ी यात्रु सवार थिए।
सुकना थाना सूत्रका अनुसार घाइतेमध्ये तीनजना लोमनी मजुमदार (18), पूर्णिमा विश्वास (38), र प्रिया दास (7) –को अवस्था गम्भीर रहेकोले सिलगढ़ी सदर अस्पताल रेफर गरिएको छ। अन्य घाइतेहरूलाई प्राथमिक स्वास्थ्य उपचारपछि छुट्टी दिएको छ।
चालकले नियन्त्रण गुमाएकै कारण गुड़िरहेको बस अचानक सड़क किनारमा पल्टिएको थाना सूत्रले बताएको छ।