गोर्खा लीग लक्ष्मण गुटले पहाड़का तीनैवटा आसनमा उम्मेदवार खड़ा गर्ने

0
1307

दार्जीलिङ, 5 मार्चः अखिल भारतीय गोर्खा लीग (लक्ष्मण गुट)-ले पनि दार्जीलिङ पहाड़का तीनवटा विधानसभा आसनमा आफ्नै उम्मेदवार खड़ा गर्ने घोषणा गऱ्यो।

यसको ठीक विपरीत दार्जीलिङका पूर्व विधायक एवं विनय तामाङपन्थी गोजमुमो केन्द्रिय समिति सदस्य अमरसिंह राईले चुनावी राजनीति नगर्ने घोषणा गरेका छन्।

विनय तामाङपन्थी गोजमुमोका एक शीर्ष नेता अमरसिंह राईले चुनावी राजनीति त्यागिसकेको बताउँदै यसपालिको विधानसभा चुनाउमा उनी एक उम्मेदवार भएर मैदानमा नओर्लिने घोषणा गरे।

“म विनय तामाङपन्थी गोजमुमोमा एक साधारण कार्यकर्ता भएर काम गर्ने निर्णय लिएको छु”, उनले थप भनेका छन्, “मेरो क्षेत्रको विकास अनि अहिलेसम्म फत्ते हुन नसकेका मुद्दामाथि काम गर्ने मेरो मूल उद्देश्य छ।”

विशेष हाल दार्जीलङ विधानसभा आसनबाट विनय तामाङपन्थी गोजमुमोका उम्मेदवारको रूपमा अमरसिंह राईको नाम सोशल मिडियामा निकै चर्चाको विषय बनेपछि नै उनले यस्तो स्पष्टीकरण दिएका हुन्।

राईले भनेका छन्, “मैले दार्जीलिङ नगरपालिकाका अध्यक्ष, दार्जीलिङका विधायक भएर काम गरिसकेको छु। 2019-मा संसद चुनाउ पनि लड़ेको थिएँ, तर त्यसमा म पराजित भएको थिएँ। जनताको आदेशलाई मैले स्वीकार गरिसकेको छु। मैले चुनावी राजनीति त्यागिसकेको छु र पार्टीका एक साधारण कार्यकर्ता भएर कार्य गर्नेछु।”

यता, गोर्खालीग लक्ष्मण गुटका अध्यक्ष लक्ष्मण प्रधानले दार्जीलिङ पहाड़का तीनवटा आसन मात्रै होइन, तराई अनि डुवर्सका आसनहरूमा पनि आफ्नो उम्मेदवार खड़ा गर्न सकिने सम्भावना रहेको बताए।

उनले भने, “2016-को विधानसभा चुनाउमा गोर्खालीगले नगरकट्टा र कालचिनी आसनबाट पनि आफ्नो उम्मेदवार खड़ा गरेको थियो।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here