श्रीनगर, ५ अप्रेलः पछिल्लो २४ घण्टादेखि जम्मू-कश्मीरको कुलगाम जिल्लामा चलिरहेको भिड़न्तमा सुरक्षा बलले ९ आतङ्की मारेको छ, जबकि सेनाका एक जवान शहीद भएका छन् भने दुई अन्य जवान गम्भीर घाइते भएको बताइएको छ।
जानकारीका अनुसार आतङ्की खोजी अभियान अझै जारी छ।
सुरक्षा बलले शनिवार बटपोरामा ४ आतङ्की मारेको थियो, जबकि आज केरन सेक्टरमा पाँच आतङ्कीलाई सुरक्षा बलले मारेको छ। यी आतङ्कीहरू केरन सेक्टरमा एलओसी पार गरिरहेका थिए।
मारिएका सबै आतङ्की हिजबुल मुजाहिद्दीनका सदस्य रहेको बताइएको छ।