सिलगढी, ५ अप्रेलः निर्माणाधीन सेवक-रम्फू रेल परियोजनामा दुर्घटना हुँदा फेरि एकजना मजदुरले ज्यान गुमाएका छन्।
पुलिस सूत्रका अनुसार यो दुर्घटना आज मध्यराति करिब १ बजे लोहापुल रहेको सुरुङमा भएको हो।
जानकारीका अनुसार सुरुङको निर्माणकार्य चलिरहेको बेला माथिबाट रिप झरेर लाग्दा उत्तर दिनाजपुरनिवासी ४७ वर्षीय वर्षीय मजदुर साकिम हकको मृत्यु भएको हो।
तत्कालै ती मजदुरलाई रम्बी अस्पताल पुऱ्याइएको थियो, जहाँ डाक्टरले उनलाई मृत घोषित गरे।
पुलिसका अनुसार शवलाई पोस्ट मर्टमका लागि कालेबुङ जिल्ला अस्पताल पठाइएको छ।
यस दुर्घटनामा अर्का एकजना मजदुरको सामान्य घाइते भएको र ती मजदुरलाई रम्बी अस्पतालमा प्राथमिक उपचारपछि छुट्टी दिइएको बताइएको छ।
स्मरणरहोस्, सेवक-रम्फू रेल परियोजनामा निर्माणकार्य अवधि अहिलेसम्म भएको यो तेस्रो दुर्घटना हो।
यसभन्दा अघि १७ जूनका राति करिब १० बजे मल्ली र तारखोलाबिच भालुखोलामा रहेको सुरुङ-१० मा दुर्घटना हुँदा दुईजना मजदुरको मृत्यु हुनका साथै पाँच जना अन्य घाइते भएका थिए।
त्यसैगरी १९ दिसम्बरका राति करिब ११.३० बजे कालीझोडा छेउ काली खोलामा पुल निर्माणकार्य चलिरहेको बेला दुर्घटना हुँदा दुईजना मजदुरको मृत्यु भएको थियो।