कोरोनालाई केन्द्र र ममता सरकारबीच हिलोछेपाइ, ७२ सन्दिग्ध मृत्युमाथि ममता मौन

0
1358
प्रतीकात्मक तस्वीर।

कोलकाता, ५ मईः बङ्गालमा कोरोना भाइरसको मामिलालाई लिएर ममता सरकार र केन्द्रबीच तानातानी र हिलोछेपाइ चलिरहेको छ।

यसैबीच कोरोना भाइरसको मामिलालाई लिएर केही ‘ब्याकफुट’ देखिएको ममता सरकारले हिजो (सोमबार) तीन दिनपछि आँकड़ा जारी गरेको छ।

यसका साथै कोरोना बिरामीहरूको डेटा सङ्ग्रहित गर्नमा चुक भएको ममता सरकारले स्वीकारेको छ।

यद्यपि राज्य सरकारले ७२ सन्दिग्ध मृत्युलाई कोरोना डेटामा सामेल गर्न अस्वीकार गरेको छ।

हिजो राज्यका मुख्य सचिव राजीव सिन्हाले कोरोनाको आँकड़ा जारी गरेका थिए। त्यसबेला उनी राज्य सचिवालय नवान्नमा पत्रकारहरूलाई सम्बोधन गरिरहेका थिए।

यसअवधि नै उनले राज्य सरकारले शुक्रवार शनिवार आइतवार गरी तीन दिनको कोरोना आँकड़ा जारी नगरेको स्वीकारे।

यसैबीच पछिल्लो पछिल्लो २४ घण्टा (सोमवार बेलुकीसम्म) कोरोनाका कारण बङ्गालमा थप ११ जनाको मृत्यु भएको थियो। जसको फलस्वरूप राज्यमा मर्नेहरूको सङ्ख्या बढ़ेर ६१ पुगेको छ।

यद्यपि यी मृत्यु सङ्ख्यामा ती ७२ सन्दिग्ध मृत्युलाई सामेल गरेको छैन। यी राज्य सरकारले यी ७२ सन्दिग्ध मृत्युलाई पनि कोरोना डेटामा सामेल गरेमा बङ्गालमा मर्नेहरूको सङ्ख्या १३३ पुग्नेछ।

तथापि केन्द्र सरकारको कोरोना आँकड़ामा बङ्गालमा मर्नेहरूको सङ्ख्या १३३ नै देखाएको छ। मङ्गलवार स्वास्थ्य एवं परिवार मन्त्रालयद्वारा जारी आँकड़ाका अनुसार बङ्गालमा अहिलेसम्म कोरोना भाइरसका कारण १३३ जनाको मृत्यु भइसकेको छ।

स्रोत-नवभारत टाइम्स

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here