जीटीए चुनाउले गोर्खाको समस्या समाधान हुँदैन भन्ने कुरा ममता दिदीले बुझून् : अमित शाह

0
1067

सिलगढी, ५ मईः जीटीए चुनाउले गोर्खाको समस्या समाधान नहुने केन्द्रीय गृह मन्त्री अमित शाहले बताएका छन्।

उत्तर बङ्गालको दुइदिने भ्रमणमा आज सिलगढी आइपुगेका केन्द्रीय गृह मन्त्रीले यहाँको एनजेपी रेलवे इन्स्टिट्युट ग्राउन्डमा सम्पन्न जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

साथै जीटीएले गोर्खाको समस्याको समस्या समाधान हुँदैन भन्ने कुरा बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुझ्नपर्ने शाहको भनाइ छ।

अर्कोतर्फ शाहले भाजपानेतृत्व केन्द्र सरकारले  संविधानको मर्यादाभित्र रहेर गोर्खाका सबै समस्याको स्थायी राजनीतिक समाधान खोज्ने वाचालाई पनि आज दोहोऱ्याए।

“यदि कुनै पार्टीले गोर्खा जातिको हितबारे सोच्छ भने त्यो पार्टी भारतीय जनता पार्टी मात्र हो”, शाहले थपे, “हामीले भनेका छौँ, संविधानको मर्यादाअन्तर्गत सम्पूर्ण समस्याका स्थायी राजनीतिक समाधान खोजिनेछ।”

यति मात्र होइन, उनले तृणमूल सुप्रिमो एवं बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खा जातिलाई सधैँ दिग्भ्रमित पार्ने कार्य गरेको आरोप पनि लगाए।

यसभन्दा अघि बाघडुग्रा हवाईअड्डामा ओर्लेपछि केन्द्रीय गृह मन्त्री अमित साह सोझै दार्जिलिङ मोड आएर यहाँ रहेको तेञ्जिङ शेर्पाको सालिगमा माल्यार्पण गरेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here