सिलगढ़ी, ५ जूनः सिलगढ़ी नगरनिगम क्षेत्रमा आज (शुक्रवार) कोरोना भाइरसका चार नयाँ मामिला प्रकाशमा आएको छ।
आज अपराह्न सिलगढ़ी नगरनिगमको १७ नम्बर वार्डको सुवासपल्लीनिवासी एक महिला कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ। उनी पछिल्लो २९ मईका दिन कोलकाताबाट सिलगढ़ी फर्केकी थिइन्।
जानकारीका अनुसार सिलगढ़ी जिल्ला अस्पतालमा उनको स्वाबको नमूना सङ्ग्रह गरी टेस्टका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल) पठाइएको थियो भने उनको टेस्ट रिपोर्ट पोजिटिभ आएको हो।
त्यसैगरी आजै बेलुकी वार्ड नम्बर १२ निवासी एक युवक पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।
यसभन्दा अघि देवीडाङ्गानिवासी एक व्यक्ति र वार्ड नम्बर २६ स्थित राजीवनगरनिवासी युवती पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ। देवीडाङ्गामा पोजिटिभ व्यक्ति ती परिवारकै सदस्य हुन्, जुन परिवारका पाँचजना सदस्य हिजो कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो।
कोरोना सङ्क्रमित पुष्टि भएका मानिसहरूका घर र क्षेत्रमा नगरनिगमले सेनिटाइज कार्य गरेको छ।
उल्लेखनीय छ, पछिल्लो १८ मईयता सिलगढ़ी महकुमा क्षेत्रमा एकपछि अर्का गरी कोरोना भाइरसका मामिला प्रकाशमा आइरहेको छ, जसको कारण शहरमा कोरोना भाइरसको त्रास बढ़ेको छ।
Social distancing plus sentizetion plus co operation of janata and govt is must. Outsider must continue strictly. Only self discipline behaviour help to checkback this virus.