फुटबल विकासका लागि आई-लिग, आईएसएल र एआईएफएफले अहं त्याग्नुपर्ने भाइचुङको सुझाउ

0
1514
भाइचुङ भोटिया (फाइल फोटो)।

याँ दिल्ली, ५ जुलाई : भारतीय फुटबलका लिजेन्ड एवं पूर्व कप्तान भाइचुङ भोटियाले देशमा फुटबल विकासका लागि भारतीय फुटबलका हितधारकहरूले आ-आफ्नो अहंकार त्याग्नुपर्ने बताएका छन्।

सबैले अहंकार त्यागेर सहकार्य गरे मात्र भारतीय फुटबलको विकास हुने उनको भनाइ छ। इन्डियन सुपर लिग र आई-लिगबीच चलिरहेको विवादको सन्दर्भमा भाइचुङले यस्तो सुझाउ दिएका हुन्।

भारतीय फुटबल र आईएसएल-आई-लिगबीचको विवादसम्बन्धमा पीटीआईसँग कुराकानी गर्दै उनले भने, ‘मलाई लाग्छ, आ-आफ्नो अहंलाई त्याग्नु नै अहिले सबैभन्दा ठूलो चुनौती हो। केही पाउनका लागि केही गुमाउनु पर्छ। फुटबलका हितधारकहरूले आ-आफ्नो अहंकारलाई त्यागेर भारतीय फुटबलको विकासका लागि एकजुट भई सहकार्य गर्नपर्नेछ।’

उनका अनुसार सबैले सोचेजस्तो पुग्दैन। त्यसैले आई-लिक, आईएसएल र अल इन्डिया फुटबल फेडरेशनले भारतीय फुटबलका लागि केही बलिदान गर्न पर्नेछन्। भारतीय फुटबलका यी संस्थाहरूले आफ्नो अहंकारलाई पर राखेर फुटबलको विकासका लागि बरु मिलेर कार्य गर्नपर्नेछ।

यसका साथै उनले अखिल भारतीय फुटबल महासङ्घ (एआईएफएफ)-लाई चाँड़ोभन्दा चाँड़ो भारतीय फुटबलको संरचनालाई सुल्झाउने सल्लाह दिएका छन्।

‘अहिले सबैले आफ्ना क्लबहरूलाई जिउँदो राख्ने सोचिरहेका छन्। आई-लिगमा चुनौतीहरू छन्। यसका ‘प्लस-माइस’ छ। यस्तै प्लस-माइस फेडरेशन र आईएसएलमा पनि पाइन्छ’, भाइचुङले भने।

भारतीय फुटबलको संरचना जति चाँड़ो तय हुन्छ, देशमा फुटबल विकासका लागि उति राम्रो हुने उनको भनाइ छ। ‘संरचना तय नभएसम्म विवाद यस्तै रहन्छ’, उनले थपे, ‘आईएसएल र आई लिगसँग फेडरेशनको सबैभन्दा ठूलो चुनौती एक संरचना प्राप्त गर्नु हो।’

भाइचुङले आई लिगका दुई शीर्षस्थ क्लब मोहन बगान र ईस्ट बेङ्गाललाई पनि आईएसएलमा सामेल गर्नुपर्ने सुझाएका छन्।

यी दुई क्लबलाई सामेल गरिँदा आईएसएललाई लाभ हुने भाइचुङको भनाइ छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here