टोक्यो ओलम्पिकः पुरुष हकीमा भारतले जित्यो कांस्य

0
920

टोक्यो, ५ अगस्तः पुरुष हकीमा भारतले कांस्य पदक जितेको छ। आज जर्मनीलाई ५-४ को गोल अन्तरले पराजित गरी भारतीय पुरुष हकी टिमले कांस्य पदक जितेको हो।

यसका साथै ४१ वर्षपछि भारतीय हकी टिमले ओलम्पिकमा पदक जितेको छ। यसभन्दा अघि १९८० –मा मस्को ओलम्पिकमा स्वर्ण पदक जितेको थियो। त्यसपछि यता लगातार भारतीय हकी टिम निराशाजनक प्रदर्शन गर्दै आएको थियो।

आज कांस्य पदकको भिड़न्तमा एक समय भारत १-३ को गोलअन्तरले पछि परेको थियो। तर एकपछि अर्को गरी लगातार ४ गोल गरी म्याचमा फर्कियो।

भारतका लागि सिमरनजीत सिंहले दुई तथा हार्दिक सिंह, हरमनप्रीत सिंह र रुपिन्दर पाल सिंहले एक-एक गोल गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here