भारतको झोलीमा अर्को पदक, रवि दहियाले जिते रजत

0
1133

टोक्यो, ५ अगस्तः कुस्तीमा रवि दहियाले रजत पदक जितेसँगै भारतको झोलीमा थप अर्को पदक परेको छ।

यी २३ वर्षीय पहलमानले सेमिफाइनलमा कजाकिस्तानका सेनायेभ नुरिस्लामलाई पराजित गरी फाइनलमा स्थान बनाएका थिए। तर फाइनलमा दुई पटकका वर्ल्ड च्याम्पियन जावुर युगुऐभसँग पराजित भए।

रूसी पहलमान युगुऐभसँग रवि ३ अङ्कले पराजित भएका हुन्।

यसैबिच रजत पद विजेता रवि दहिलालाई राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अन्य नेताहरूले बधाई दिएका छन्।

रवि ओलम्पिकको कुस्ती स्पर्धामा फाइनलमा प्रवेश गर्ने दोस्रो भारतीय पहलमान हुन्। यसभन्दा अघि सुशील कुमार ओलम्पिकको कुस्ती स्पर्धामा फाइनलसम्म पुगेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here