दार्जीलिङ, ५ अगस्तः पछिल्ला केही दिनयता गोर्खा जनमुक्ति मोर्चा पहिलो खेमालाई समर्थन जनाउने व्यक्तिहरूका सङ्ख्या बाक्लिँदै गइरहेको छ।
यसैक्रममा आज दार्जीलिङ टाउनका १२ जना युवा मोर्चा दुई त्यागेर मोर्चा एकमा सामेल भए। उनीहरूलाई पातलेबासस्थित कार्यालयमा विमल गुरुङले दलीय झण्डा प्रदान गरी पार्टीमा स्वागत जनाए।
यसैगरी आजै सिटोङ-लाटपञ्चर समष्टिका ६० जना मोर्चा दुई त्यागेर मोर्चा एकमा सामेल भएको दावी गरिएको छ। मोर्चा एकमा सामेल हुन उनीहरू सिटोङ-लाटपञ्चरबाट पातलेबास पार्टी कार्यालय आएका थिए।
पार्टी अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरी, केन्द्रीय सदस्यद्वय सोनाम याखा र प्रवीण रहपालको उपस्थितिमा उनीहरू मोर्चा एकमा सामेल भएका हुन्।