मणिपालमा असमकी विद्यार्थीद्वारा आत्महत्या

0
985

गान्तोक, 5 सेप्टेम्बरः सिक्किम मणिपाल मेडिकल कलेजमा वर्णाली पाठक नाम गरेकी एक विद्यार्थीले आत्महत्या गरेकी छन्। मूल रूपमा असमको गोवालपाड़ा निवासी पाठकले बुधवार दिउँसो आत्महत्या गरेको बताइएको छ। 
एमबीबीएस तेस्रो वर्षकी छात्रा पाठकलाई होस्टेलको रूम नम्बर 716 मा झुण्डिरहेको अवस्थामा पुलिसले भेटेको छ। पुलिसले शवलाई आफ्नो कब्जामा लिएर मणिपाल अस्पतालको शवगृह राखेको छ।
असमदेखि परिवारका सदस्यहरू गान्तोक आइरहेका छन्। परिवारका सदस्यहरू आएपछि पुलिसले शव हस्तान्तरण गर्ने बताइएको छ। आत्महत्याको कारणबारे अहिलेसम्म थाहा लाग्न सकेको छैन। वर्णालीले के कारण आत्महत्या गरेकी हुन्, त्यसबारे पत्तो लगाउन पुलिसले जाँच शुरु गरेको छ। 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here