जापले चढ़ायो मुख्यमन्त्रीलाई ज्ञापन, भन्यो – त्रिपक्षीय वार्ताका लागि राज्यले पहल शुरु गरोस्

0
1019
जनआन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्री (फाइल फोटो)।

दार्जीलिङ, 5 सेप्टेम्बर : दार्जीलिङ पहाड़को समस्या समाधानका लागि त्रिपक्षीय वार्ता हुनुपर्ने कुरामा जनआन्दोलन पार्टी (जाप)-ले जोड़ दिएको छ। जापले यसै सन्दर्भमा बुधवार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई ज्ञापन सुम्पेको छ। केन्द्रले त्रिपक्षीय वार्ताका लागि राज्यको पनि सहमति हुनुपर्ने आशयको बयान दिएपछि जापले आज मुख्यमन्त्रीलाई ज्ञापन सुम्पिएको यसका प्रमुख डा. हर्कबहादुर छेत्रीले बताए।
जनसंवादसँग कुरा गर्दै भने, “हामीले ज्ञापनमा राज्यसँग त्रिपक्षीय वार्ताका लागि पहल गरिदिने अनुरोध गरेका छौं। केन्द्रले त्रिपक्षीय वार्ताका लागि राज्यको पनि सहमति हुनुपर्ने बताइसकेको छ, त्यसैले यसका लागि पहल गर्न राज्यलाई अनुरोध गरेका हौं।’’ जापले चढ़ाएको ज्ञापनमा संशोधनको प्रावधान भएमा मङ्पूको जोगीघाटमा बनिने स्टेट युनिभर्सिटीको नाम डा. आईबी राई युनिभर्सिटी राखिनुपर्ने तथा यो युनिभर्सिटीमा पहाड़को भाषा, संस्कृति र इतिहासको अध्ययन गर्नसकिने छुट्टै विभागको स्थापना गर्नुपर्ने माग पनि समावेश गरेको छ। यद्यपि जापले प्रमुखतासँग त्रिपक्षीय वार्ताको माग नै मुख्यमन्त्रीसँग राखेको छेत्रीले बताए।
‘‘पहाड़को समस्याको समाधान त्रिपक्षीय वार्ताद्वारा नै हुनेछ। यसैले हामी त्रिपक्षीय वार्ताको पक्षमा छौं। जापले आज मात्र होइन, तर शुरुदेखिनै  त्रिपक्षीय वार्ताको माग गर्दै आएको छ, उनले भने।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here