दार्जीलिङ, ४ सेप्टेम्बर : गोर्खा युनाइचेड लिबरेशन फ्रन्ड (गल्फ) प्रमुख ऋषिका छेत्री विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-मा सामेल भएकी छन्। बुधवार दार्जीलिङमा बसिएको केन्द्रिय समितिको एक सभाबीच उनी गल्फ त्यागेर विनयपन्थी मोर्चा मोर्चामा सामेल भएकी हुन्।
पार्टी अध्यक्ष विनय तामाङ, महासचिव अनित थापा, नारी मोर्चा अध्यक्ष छिरिङ दाहालले छेत्रीलाई आफ्नो दलीय झण्डा प्रदान गरी आफ्ना पार्टीमा स्वागत जनाए। गल्फ त्यागेर विनयपन्थी मोर्चामा सामेल हुनुको मूल कारण भने ऋषिका छेत्रीले खुलाइन्।
‘मैले पहिलादेखि भन्दै आइरहेको थिएँ, कुनै पनि राजनीतिक पार्टी र धर्ममा जानु भएको आ-आफ्नो विचार हो। त्यसैले यो मेरो अधिकार हो’, छेत्रीले भनिन्। उनले एनआरसी र असममा एनआरसीबाच छुटेका गोर्खाहरूको सम्बन्धमा बोल्ने केवल गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङ मात्र पाएकोले भविष्यमा उनीसँगै मिलेर गोर्खाल्याण्डका लागि कार्यहेतु गल्फ त्यागेर मोर्चामा सामेल भएको दाबी गरिन्।
अर्कोतिर जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै छेत्रीले आफूलाई गोजमुमो (विनय गुट)-को साङ्गठनिक सचिव पदमा नियुक्त गरिएको पनि बताएकी छन्।