कालेबुङ, ५ सेप्टेम्बरः राष्ट्रिय राजमार्गअन्तर्गत २९ माइलमा सडकबिचै वाहन पल्ट्यो।
सिलगढ़ीबाट सब्जी लिएर रम्फू सिक्किमतर्फ गइरहेको डब्ल्यूबी ७३ एफ ०४६७ नम्बरको पिकअप भ्यान हिजो राति करिब १० बजे २९ माइलमा सडकबिचै पल्टिएको हो।
२९ माइलमा माथिबाट लगातार झरिरहने पैह्रोका कारण सडक बगरजस्तै भएको छ। सडकका ठाउँ ठाउँमा ठूल्ठूला खाल्डा बनिएका छन्।
चालकका अनुसार खाल्डोकै कारण वाहन पल्टिएको हो। भाग्यवश चालकलाई कुनै चोटपटक लागेको छैन।