विमलले लोप्साङ लामालाई बनाए पार्टीका कार्यकारी अध्यक्ष

0
1186
गोजमुमोका कार्यकारी अध्यक्ष बनेका लोप्साङ लामा (फाइल फोटो)।
गान्तोक, 5 अक्टोबर : लोप्साङ लामा विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –का कार्यकारी अध्यक्ष बनेका छन्। 
बिहीवार एक प्रेस विज्ञप्ति जारी गरी गोजमुमो प्रमुख विमल गुरुङले पार्टीका वरिष्ठ सदस्यहरूको परामर्श लिएर लामालाई कार्यकारी अध्यक्षमा नियुक्त गरिएको जानकारी गराएका छन्।
गुरुङका अनुसार अघिल्लो सूचना जारी नभएसम्म लामा पार्टीका कार्यकारी अध्यक्ष रहनेछन्। यो नियुक्ति बिहीवारदेखि तत्काल रूपमा लागू भएको छ। वरिष्ठ तथा प्रभावशाली नेता लोप्साङ लामालाई पार्टीको हितलाई ध्यानमा राखेर अन्य वरिष्ठ नेताहरूसँग परामर्श लिएर पार्टीगका कार्यकारी अध्यक्षमा बनाइएको उनले विज्ञप्तिमा बताएका छन्।
उल्लेखनीय छ, 45 नम्बर समष्टिका पूर्व सभासद तथा गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) सभाका अध्यक्षसमेत रहेका उनी गोजमुमोका एक प्रभावशाली पनि नेता हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here