त्रिपक्षीय वार्तामा भाग लिन गोरामुमो र क्रामाकपालाई विमलपन्थी मोर्चाको निम्तो

0
1251

दार्जीलिङ, 5 अक्टोबरः केन्द्र सरकारले गोर्खाल्याण्डसम्बन्धी मुद्दाका लागि आउँदो 7 अक्टोबरका दिन डाकेको त्रिपक्षीय वार्तामा सहभागी जनाउनहेतु गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) र क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-लाई विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाले पत्राचार गरेको छ।

विमलपन्थी मोर्चाका महासचिव रोशन गिरीले आज दुवै दललाई पत्राचार गरेका हुन्। पत्रमा उनले दुवै दलबाट एक-एकजना प्रतिनिधि बैठकमा पठाइदिन अनुरोध गरेका छन्।

वार्ताको महत्त्वलाई ध्यानमा राख्दै सबै गोर्खा एउटै मञ्चमा रहेर एकताको परिचय दिन आवश्यक रहेको कुरालाई पार्टी प्रमुख विमल गुरुङले अनुभूत गरेका कारण क्रामाकपा र गोरामुमोबाट एक-एकजना प्रतिनिधि बैठकमा पठाउनका लागि अनुरोध गरी पत्राचार गरिएको पनि गिरीले बताएका छन्।

यसैगरी सामुहिक सपना पूरा गर्नका लागि मिलेर अघि बढ़नुपर्ने पनि पत्रमा उल्लेख गरिएको छ।

उल्लेखनीय छ, त्रिपक्षीय बैठकका लागि हिजो गृह मन्त्रालयले पठाएको पत्रमा केवल विमलपन्थी गोजमुमोलाई मात्र निम्तो गरिएको थियो। त्यसपछि नै गोरामुमो र क्रामाकपालाई बैठकमा नबोलाइएकोमा आलोचना भइरहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here