हमला एसपी शर्माहरूले नै रचेको नाटक हो: प्रताप खाती

0
1006

कालेबुङ, ५ अक्टोबर: प्रताप खातीले भारती गुट गोर्खा लीगका महासचिव एसपी शर्मा र उपाध्यक्ष विक्रमादि राईमाथि भएको हमलालाई एसपी शर्माहरूले नै रचेका नाटकको संज्ञा दिएका छन्।

उनका अनुसार यो हमला एसपी शर्माहरूले रचेका नाटकबाहेक अर्थोक केही होइन। किनभने यस्ता नाटक गर्नमा एसपी शर्माहरू खप्पिस छन्।

“अदालतमा आज सुनवाइ रहेकाले एक दिन अघि नै एसपी शर्माहरूले यस्ता नाटक गरेका हुन्”, जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै प्रताप खातीले थपे, “उनीहरूले अदालतका निर्देशलाई घरी घरी उल्लङ्घन गरिरहेका छन्। अदालतको निर्देशलाई टेरपुच्छर लगाएका छैनन्।”

एसपी शर्माहरूले झुटो आरोप लगाउँदै आफूहरूविरुद्ध प्राथमिकी दर्ता गरेकाले उनीहरूलाई अदालतसम्म घिस्स्याउने पनि खातीले बताए।

“प्राथमिकीमा उल्लेख गरिएका रोशन तामाङलाई म चिन्दिनँ। न त उ र मबिच आजका दिनसम्म एकैपटक फोनमा बात भएको छ। मेरा तीनवटै नम्बरको कल डिटेल्स जाँच गर्दा हुन्छ”, उनले भनेका छन्।

अर्कोतिर एसपी शर्माहरूमाथि हमला भएको हो/होइन, यस हमलामा को संलग्न छन्, त्यसको निष्पक्ष जाँच पुलिसले गर्ने पनि प्रताप खातीको भनाइ छ।

उल्लेखनीय छ, हिजो बेलुकी ६.३० बजे टर्नबुल स्कूलछेउ एसपी शर्मा र विक्रमादि राईमाथि हमला भएको थियो। यस हमलामा प्रताप खाती र मीना सुब्बालगायत रोशन तामाङमा संलग्न रहेको आरोप लगाउँदै उनीहरूविरुद्ध एसपी शर्माले दार्जिलिङ सदर थानामा हिजै राति प्राथमिकी दर्ता गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here