१२ अक्टोबरमा बैठक

0
1278
केन्द्रीय गृहमन्त्री अमित शाह (फाइल फोटो)

दार्जिलिङ, ५ अक्टोबर: गोर्खा जातिको समस्या समाधानका लागि आउँदो १२ अक्टोबरका दिन बैठक हुने भएको छ।

विश्वस्त सूत्रका अनुसार नर्थब्लकको कोठा सङ्ख्या ११९ मा बेलुकी ४ बजेदेखि शुरू हुने यस वार्तालाई केन्द्रीय गृहमन्त्री अमित शाहले अध्यक्षता गर्नेछन्।

बैठकका लागि दार्जिलिङ सांसद राजु बिष्टलगायत यहाँका जनप्रतिनिधि र स्केटहोल्डरहरूलाई केन्द्रीय गृह मन्त्रालयबाट पत्राचार गरिएको बताइएको छ।

उल्लेखनीय छ, पछिल्लो अगस्त ६ का दिन सांसद राजु बिष्टको नेतृत्वमा भाजपाका घटक दलका प्रतिनिधिहरूले केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटवार्ताअवधि गृहमन्त्रीले चाँड़ै त्रिपक्षीय वार्ता बोलाउने वचन दिएका थिए।

भेटवार्ता सकिएलगत्तै सांसद बिष्टले अगस्त महिनाको दोस्रो साता गृह मन्त्रालयबाट पत्र आउने तथा सेप्टेम्बर महिनाको दोस्रो साता वार्ता हुने दावी गरेका थिए। तर, बिष्टले दावी गरेको म्यादभित्र वार्ताको पत्र नआएका कारण वार्ता हुने कुरामाथि शङ्का बाक्लिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here