मिरिकमा भलपैह्रोले व्यापक क्षति, ११ जनाले गुमाए ज्यान

0
81

सिलगढी, ५ अक्टोबर : हिजो  ४ अक्टोबरका बेलुकीदेखि आज ५ अक्टोबरका बिहानसम्म अविरल परेको मुसलधारे पानीले दार्जिलिङ पहाडका विभिन्न ठाउँमा भलपैह्रोले धेरै ज्यानमालको क्षति गरेको छ ।

विशेष गरी मिरिक महकुमा क्षेत्रमा सबैभन्दा बढी क्षति पुऱ्याएको छ ।

यहाँका विभिन्न ठाउँमा गएका पैह्रोको चपेटमा परी 11 जनाले ज्यान गुमाएका छन् । केही घाइते भएका छन् । पैह्रोले पुरिएर ज्यान गुमाउनेहरूमा ७२ वर्षीय उषा राई , ७० वर्षीय बिजेन्द्र राई, ३५ वर्षीय साधना तामाङ, ९ वर्षीय अहान छेत्री, ११ वर्षीय रुही तामाङ, १९ वर्षीया स्नेह प्रधान, ४२ वर्षीय अनुज प्रधान, १२ वर्षीय आरुषी छेत्री, ४१ वर्षीया अनिता प्रधान, ५० वर्षीय फुचुङ डुक्पा र ४६ वर्षीय सुमित लेप्चा रहेको बताइएको छ ।

यसैगरी सुकेपोखरी खण्डको सियोक गाउँमा पनि पैह्रोको चपेटमा परी दुईजनाले ज्यान गुमाएको जानकारी पाइएको छ । यद्यपि उनीहरूको परिचय खुलिएको छैन ।

भलपैह्रोले मिरिक, सुकेपोखरी, पोख्रेबुङ लगायत पुलबजार बिजनबारी क्षेत्रमा पनि व्यापक क्षति पुऱ्याएको जानकारी पाइएको छ ।

ठाउँ ठाउँमा पैह्रोले बाटा घाटा भत्केका छन् । जसका कारण यातायात ठप्प बनेको छ ।

राहत र उद्धार कार्य धमाधम चलिरहेको छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here