अब नयाँ पद्धतिद्वारा नासाले एलियनको जीवन खोज्ने

0
1282
साङ्केतिक तस्वीर।

एलियन अर्थात् धरतीदेखि सुदूर टाढ़ा कुनै ग्रहमा बस्ने प्राणी। जनमानसमा एलियनलाई लिएर धेरै प्रकारका धारणा छन्। एलियनको अनुहार र भाषालाई लिएर मानिसहरूमा बेग्ला बेग्लै धारणा छ। 

विश्वका छुट्टा छुट्टै देशमा एलियनले प्रयोग गर्ने स्पेसक्राफ्टदेखि एलियनसम्म देखिएको कथाहरू पाइन्छन्।
अर्कोतिर विज्ञानले पनि पछिल्लो लामो समयदेखि एलियनको गाँठो  सुल्झाउने कोशिश गरिरहेको छ। धरतीदेखि टाढ़ा रहेका ग्रहहरूमा जीवन (एलियन लाइफ) –को खोजी अन्तरिक्ष विज्ञानको अहम भाग हो। वैज्ञानिकहरू मङ्गल ग्रहदेखि लिएर सुदूर अन्तरिक्षीय पिण्डहरूसम्म जीवनको प्रमाण जुटाउने अथक प्रयासमा लागेका छन्।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अब यो दिशामा नयाँ तयारी शुरु गरेको छ। नासाको भनाइ छ, एलियनको खोजीका लागि वर्तमानमा जुन पद्घति अपनाइएको छ, त्यसमा परिवर्तन गर्नु अत्यावश्यक छ। यो परिवर्तनले नै जाँचलाई नयाँ दिशा दिनेछ। यसका लागि  नासाले 70 लाख डलर (लगभग 51 करोड़ रुपियाँ) को बजेट तय गरेको छ।
नयाँ तरिका कस्तो हुनेछ?
जर्जटाउन युनिभर्सिटीकी सारा स्टीवर्ट जनसनका अनुसार अहिले अन्य ग्रहहरूमा जीवनको खोजी गरिँदा वैज्ञानिकहरूको आधार धरतीमा प्राप्त प्रमाण मात्र हुनेगर्छ। धरतीमा जीवनका लागि आवश्यक तत्त्व र अवधारणाकै आधारमा अन्तिरक्षमा पनि सङ्केतहरूको खोजी गरिन्छ। अब यसमा परिवर्तन आवश्यक छ।
नासाकी हीथर ग्राहमका अब केवल धरतीलाई आधार मानेर खोज गरिनेछैन। नासाको टीमले अब कुनै ग्रहमा असन्तुलन बनाउने परिवर्तनमाथि नजिकबाट दृष्टि राख्नेछ। साथै कुनै पनि रासायनिक परिवर्तन र तत्त्वलाई अब आँखीओझेल गरिनेछैन।
ऊर्जा तरङ्गमाथि दृष्टि
नयाँ योजनामा ऊर्जा तरङ्गमाथि दृष्टि राखिनेछ।  तरङ्गको परिवर्तनले पनि एलियन लाइफको सङ्केत पाउन सकिने वैज्ञानिकहरूलाई विश्वास छ। ग्राहम भन्छिन्, हाम्रो लक्ष्य के छ भने हामी जीवनलाई लिएर आफ्नो वर्तमान अवधारणाहरूबाट पर गएर सोच्यौं। अन्य ग्रहहरूमा जीवन सम्भव रहेको प्रश्न केवल अथवा छैन-मा सुल्झाउन सकिँदैन।’’ यो प्रोजेक्टमा प्राप्त जानकारीहरूका आधारमा कम्प्युटर एल्गोरिदम र मशीन लर्निङ तक्निक पनि गरिनेछ, जसले अध्ययनलाई थप गति प्रदान गर्नेछ।
ताराहरूको समूहमा हाँसिलो मुहार
नासाको हबल टेलिस्कोपले ताराहरूको समूहमा एक हाँसिरहेको मुहार देख्यो। टेलिस्कोपको वाइड फिल्ड क्यामेरा –3 (डब्ल्यूएफसी-3) –ले यो तस्वीर खिचेको छ। तस्वीरमा छुट्टा –छुट्टै रङ, आकार र  आकृतिको तारामण्डल (ग्यालेक्सी) देखिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here