साङ्केतिक फोटो। |
सिलगढ़ी, ५ नोभेम्बर : सिलगढ़ीमा दुष्कर्मको घटना प्रकाशमा आएको छ भने स्थानीय महिला थानाको पुलिसले आरोपी युवकलाई पक्राउ गरेको छ।
पुलिस सूत्रका अनुसार पक्रा परेका युवकको नाम विक्रम राय हो। आरोपी स्थानीय सन्तोषीनगर निवासी हुन्।
पुलिसका अनुसार पक्रा परेका विक्रममाथि एक युवतीलाई घरबाट जबर्जस्ती बाहिर लगी दुष्कर्म गरेको आरोप लागेको छ। पुलिसले आज आरोपीलाई पक्राउ गरेको हो। यो घटना पछिल्लो १ नोभेम्बरको हो।
पुलिस सूत्रका अनुसार 1 नोभेम्बरको राति विक्रमले सन्तोषनगरकै एक युवतीलाई घर छेउमा जबर्जस्ती महानन्द पुलको छेउमा ल्याएर दुष्कर्म गरेका थिए। एक व्यक्ति यो पीड़ित युवतीलाई देखेपछि युवतीको घर परिवारलाई घटनाबारे जानकारी गराएका थिए। घटनापछि आरोपी विक्रम भागेका थिए।
युवतीका परिवारका सदस्यहरू तत्कालै घटनास्थलमा पुगी पीड़ितालाई अस्पतालमा भर्ती गर्नका साथै आइतवार सिलगढ़ी महिला थानामा यो घटनाबारे विक्रम रायविरुद्ध प्राथमिकी दर्ता गरेका थिए। यसै प्राथमिकीको आधारमा आज पुलिसले आरोपीलाई पक्राउ गरेको हो।