दिलीप घोषले गरे ममता सरकारको आलोचना, भने – तृणमूल कङ्ग्रेसले असममा अशान्ति फैलाउने कोशिश गर्दैछ

0
1367
भाजपा  पश्चिम बङ्गाल प्रदेश अध्यक्ष दिलीप घोष (फाइल फोटो)।

सिलगढ़ी, 5 नोभेम्बर : पश्चिम बङ्गालको शासक दल तृणमूल कङ्ग्रेसले असममा अशान्ति फैलाउने प्रचेष्टा गरिरहेको आरोप भारतीय जनता पार्टी (भाजपा) -का बङ्गाल प्रदेश अध्यक्ष दिलीप घोषले लगाएका छन्।

आइतवार सिलगढ़ीको जलेश्वरी बजारमा आयोजित जनसभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै घोषले यस्तो आरोप लगाएका हुन्। उनको आरोपका अनुसार तृणमूल कङ्ग्रेसले बङ्गालबाट आफ्नो प्रतिनिधि टीली असम पठाएर त्यहाँको परिस्थितिलाई अझ तनाउपूर्ण बनाउने कोशिश गर्दैछ।
भाजपा अध्यक्षका अनुसार असममा पाँच बङ्ग्लाभाषीको हत्याको घटनापछि असम सरकारले यो हत्याको घटनामा संलग्न दोषीहरूलाई पक्राउ गर्नका लागि सक्दो जोड़ लगाइरहेको छ।
घोषले जलेश्वरी बजारमा सम्पन्न जनसभालाई सम्बोधन गर्दै राज्य सरकारको सक्दो आलोचना गरे। कार्यक्रमपछि पत्रकारहरूलाई सम्बोधन गर्दा पनि भाजपा प्रदेश अध्यक्ष ममता सरकारविरुद्ध आक्रामक देखिए।
“असममा बङ्ग्लाभाषीहरूको सङ्ख्या सीमित छ। तृणमूल कङ्ग्रेस चाहन्छ, असममा बङ्ग्लाभाषीहरूविरुद्ध अन्याय-अत्याचार होस् र यहाँ (बङ्गालमा) राजनीतिक रोटी सेक्न पाइयोस्’’, उनले भने। घोषले बङ्गालमा दारीभिट्टा हत्याकाण्ड भएको धेरै दिन बितिसक्दा पनि राज्य सरकारले अहिलेसम्म एकैजना पक्राउ गर्ननसकेको बताए।
यसअवधि उनले उत्तर दिनाजपुरमा चोपड़ादेखि लिएर करणदिघीसम्मको वातावरण पछिल्ला एकवर्षदेखि धेरै उत्तजित र तनाउपूर्ण रहेको बताए। उनका अनुसार यहाँ धेरै मानिसको हत्या भइसकेको छ, जसमा तृणमूल-भाजपा दुवै पार्टीका कार्यकर्ता सामेल छन्।
“असमवासी शान्ति चाहन्छन्, तर तृणमूल कङ्ग्रेसले जस्तो बयानबाजी गरिरहेको छ, त्यसले  त्यहाँको परिस्थिति अझ बिग्रिन सक्छ’’, उनले भने।
तृणमूल कङ्ग्रेसले तिनसुकिया हत्याकाण्डको मुद्दालाई उठाएर असमको शान्ति भङ्ग गरिरहेको आरोप पनि घोषले लगाएका छन्। “तिनसुकिया हत्याकाण्डको एनआईए जाँचलाई हामी स्वागत गर्छौं’’, उनले थपे, “पछिल्ला दिनहरूमा पञ्चायत चुनाउ तथा दारीभिट्टामा भएका हत्याहरूको जाँच पनि एनआईएद्वारा गरिनुपर्छ। यदि एनआईएद्वारा जाँच भए दूधको दूध, पानीको पानी हुनेछ।’’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here