कालेबुङ, 5 दिसम्बरः राष्ट्रिय राजमार्ग-10 मा बिहीवार बिहानै भएको सड़क दुर्घटना परी एक व्यक्तिको मृत्यु भएको छ।
पुलिसका अनुसार सिलगढ़ीबाट सखारै गान्तोकतर्फ आइरहेको एसके 01 पीबी 4315 नम्बरको डस्टर कार किर्नेनजिक दुर्घटनामा पर्दा सिक्किम पानी हाउसनिवासी निवासी दिलबहादुर छेत्री (69)-को घटनास्थलमै मृत्यु भएको छ।
जानकारीका अनुसार छेत्री नै दुर्घटनामा परेको वाहनमा मालिक पनि हुन्। वाहन मूल सड़कबाट सोझै टिस्टा किनारमा खस्दा यो दुर्घटना भएको बताइएको छ।
पुलिसले शव बरामद गरेको छ।साथै वाहनका कागज-पत्र र ड्राइभिङ लाइसेन्स आदि पनि बरामद भएका छन्, जसको आधारमा मृतकको परिचय खुलिएको बताइएको छ।