सांसद सुब्बाले उठाए जनजातिको मुद्दा, चाँड़ो 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिनुपर्ने माग

0
1150
बुधवार संसदमा 11 जातगोष्ठीलाई जनजातिको मान्यता दिनुपर्ने माग गर्दै सांसद इन्द्रहाङ सुब्बा।

गान्तोक, 4 दिसम्बरः राज्यका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले बुधवार संसदमा जनजातिको मान्यता पाउनबाट छोड़िएका 11 जातगोष्ठीको मुद्दा उठाउँदै संविधानको धारा 342 अन्तर्गत् चाँड़ोभन्दा चाँड़ो जनजातिको मान्यता दिइनुपर्ने माग गरे।

सांसद सुब्बाले यो मामिला 377 अधीन मामिलाअन्तर्गत उठाएका थिए। उनले खस, राई, गुरुङ, मगर, सन्यासी/गिरी, सुनवार/मुखिया, याखा (देवान) योगी र भुजेल, नेवार र थामीलाई  जनजातिको मान्यता दिइनुपर्ने माग वर्षौंदेखि लम्बित रहेकोले शीघ्र मान्यता दिने मागसमेत गरे।

यसअवसरमा उनले सिक्किमका 40 प्रतिशत मानिस जनजातिमा परेको तर 60 प्रतिशत मानिस भने कि त अन्य पछौटे वर्ग (ओबीसी) या साधारण (जनरल) रहेको पनि बताए।

सदनमा यो मुद्दा उठाउँदै उनले जनजातिको मान्यता पाउनबाट छोड़िएका यी 11 जातगोष्ठी राज्यका अन्य जनजातिहरूभन्दा सामाजिक-शैक्षिक रूपमा पछाड़ि रहनका साथै आर्थिक रूपसमेत कमजोर भएको अवगत गराउँदै उनीहरूलाई जनजातिको मान्यता दिन अत्यावश्यक रहेको बुझाए।

यसका साथै 8 मई 1973 को त्रिपक्षीय सम्झौतामा यी 11 जातगोष्ठीलाई सिक्किमेली नेपालीको रूपमा परिभाषित गरी 371(एफ)-द्वारा सुरक्षित राखिएको पनि बताए।

साथै सिक्किमका अन्य जातिलाई जनजातिको मान्यता प्रदान गरिए तापनि यी जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान नगरेर ऐतिहासिक भूल गरेको पनि बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here