ह्याप्पीभेल्लीमा तीनवटा घर जलेर खरानी

0
1739
आगो निभाउँदै अग्निशमन विभागका कर्मीहरू।

दार्जीलिङ, 5 दिसम्बरः आज बिहान करिब 11 बजे ह्याप्पीभेल्ली चियाकमानस्थित लुमथाममा तीनवटा घर जलेर खरानी भएको छ। आगो सर्ट सर्किटको कारण नै लागेको हो भन्ने प्राथमिक अनुमान लगाइएको छ।

आगो लागेको सूचना पाउनसाथै दुईवटा दमकल गाड़ी लिएर अग्निशमन विभागका कर्मीहरू घटनास्थलमा पुगेका थिए, जसले गाउँलेहरूको सहयोगमा उक्त आगोलाई नियन्त्रण ल्याएका थिए। यद्यपि भावना गुरुङ, विकास दर्जी र शङ्कर दर्जीको काठका घरहरू पूर्णरूपले खरानी भए। जानकारीका अनुसार आगो तीव्र गतिमा फैलिएको कारण उनीहरूले आफ्नो घरभित्र रहेका कुनै पनि सरसमान निकाल्न पाएनन्।

यस आगलागीको कारण छेवैमा रहेका दुईवटा काठको घरलाई पनि आंक्षिक क्षति पुगेको छ। स्थानीय मानिसहरूका अनुसार आज करिब 11 बजेतिर अचानक आगो लागेको थियो। त्यस समयमा तीनवटै घरमा कोही थिएनन्।

घटनाबारे स्थानीय मानिसहरूले थाह पाइसक्दा आगोले उग्र रूप लिइसकेको थियो। काठको घर भएको कारण पनि आगो तीव्र गतिमा फैलिएको थियो। तत्कालै स्थानीय मानिसहरूले आगोलाई निभाउन कोशिश गरे तापनि सफल भएनन्।

पछि दुईवटा दमकल गाड़ी लिएर अग्निशमन विभागका कर्मीहरू घटनास्थलमा पुगेर आगोलाई नियन्त्रण लिए तापनि त्यसबेलासम्म भावना गुरुङ, विकास दर्जी र शङ्कर दर्जीका गरी तीनवटा घर जलेर खरानी भइसकेका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here