टिस्टामा वाहन बेपत्ता, चालकले पौड़ी खेलेर ज्यान बचाए

0
922

कालेबुङ, ५ दिसम्बरः राष्ट्रिय राजमार्ग १० –मा फेरि वाहन दुर्घटनाको घटना प्रकाशमा आएको छ।

हिजो (शनिबार) राति २९ माइल र गेल खोलाबिच दुर्घटना भएको हो। वाहन सोझै टिस्टा नदीमा खसेर बेपत्ता बनेको छ।

अर्कोतिर वाहनका चालक अरमेन्द्र कुमारले पौड़ी खेलेर ज्यान जोगाएका छन्। उनलाई सामान्य चोटपटक लागेको बताइएको छ।

जानकारीका अनुसार डब्ल्यूबी ७४ ए एक्स ९९८४ नम्बरको मारुती वेगन आरलाई डब्ल्यूबी ७४ टीसी ११३५ नम्बरको अर्को वाहनले पछिल्तिर धक्का दिँदा यो दुर्घटना भएको हो।

आरोपित वाहन र यसका चालकलाई हिजै पक्राउ मल्ली थानामा लगिएको छ।

यसैबिच वेगन आरका चालक माझीटारनिवासी रहेको बताइएको छ। उनका आफन्तले बताएअनुसार वाहन टिस्टामा डुब्दै गर्दा रूखको हाँगा समातेर अरमेन्द्रले आफूलाई डुब्नदेखि बचाएका थिए।

त्यसपछि अन्य चालकहरूले उनलाई नदीबाट माथि सड़कमा निकालेका थिए।

जानकारीका अनुसार वाहनमा चालक मात्र थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here