दुष्कर्मको मामिलामा फँसेका अभिनेता आलोक नाथलाई शनिवार अदालतले अग्रिम जमानत दिएको छ। प्राप्त जानकारीका अनुसार मुम्बईको एक अदालतले उनलाई दुष्कर्मको एक मामिलामा अग्रिम जमानत दिएको हो। स्मरणरहोस्, ‘संस्कारी बाबा’-को रूपमा चिनिने यी अभिनेतामाथि एक लेखिका एवं प्रोड्युसरले दुष्कर्मको आरोप लगाएकी थिइन्।
अतिरिक्त सत्र न्यायाधीश एसएस ओजाले नाथलाई पाँच लाख रुपियाँको प्रतिज्ञा-पत्रमा अग्रिम जमानत दिएका हुन्। यसको अर्थ यदि पुलिसले आलोक नाथलाई पक्राउ गरेमा पुलिसले उनीबाट यो अनुबन्ध (प्रतिज्ञा) राशि लिएर छोड़िदिन पर्नेछ। मुम्बई पुलिसले पछिल्लो 21 नोभेम्बरको दिन आलोक नाथविरुद्ध भारतीय दण्डसंहिताको धारा 376 -अन्तर्गत दुष्कर्मको मामिला दर्ता गरेको थियो।
महिलाको आरोपका अनुसार आलोक नाथले आजभन्दा 19 वर्षअघि उनीसँग दुष्कर्म गरेका थिए। उजुरी गर्ने महिला नब्बेको दशकमा एक चर्चित टीभी शोले चिनिएकी थिइन्। उनले पछिल्लो वर्षको अक्टोबर महिनामा मीटू अभियानअन्तर्गत सोशल मीडियामा आलोक नाथविरुद्ध आरोप लगाएकी थिइन्। यद्यपि महिलाले आफ्नो पोस्टमा आलोक नाथको नाम लिएकी थिइनन्। तर त्यसबेला उनले भनेकी थिइन्, “आरोपी अभिनयको दुनियाँका ‘सबैभन्दा संस्कारी व्यक्ति’ हुन्।’’ यसपछि महिलाले उजुरी पनि दर्ता गरेकी थिइन्।