कोरोना सङ्क्रमण प्रतिदिन बढ्दै, उच्च सतर्कता अनिवार्य

0
1111

नयाँ दिल्ली, ६ जनवरीः देशमा कोरोनाको सङ्क्रमणका मामिला प्रतिदिन बढ्दै गरहेको छ।

न्युज एजेन्सी एएनआईका अनुसार पछिल्लो २४ घण्टामा ९० हजार ८ सय २८ नयाँ मामिला प्रकाशमा आएको छ, जबकि पछिल्लो २४ घण्टामा ३२५ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन्।

अर्कोतर्फ १९ हजार २ सय ६ जना निको भएका छन्।

बुधबार, महाराष्ट्र, पश्चिम बङ्गाल, दिल्ली केरल र तमिलनाडु आदि राज्यमा कोरोना सङ्क्रमणका सबैभन्दा बेसी मामिला पाइयो।

बङ्गालमा पछिल्लो २४ घण्टामा १४ हजार २२ नयाँ मामिला प्रकाशमा आएको छ।

तेस्रो लहरका लागि देशमा प्रतिदिन कोरोना सङ्क्रमणका मामिला बढ्न थालेपछि उच्च सतर्कता अनिवार्य बनेको छ।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here