‘आरोहण’ सात बजारमा

0
606

सिलगढी, ६ जनवरीः वरिष्ठ साहित्यकार मोहन ठकुरी सम्पादित साहित्यिक सामयिक पत्रिका आरोहणको सातौँ अङ्क निस्केको छ।

कवि सुरज गुरुङको स्वामित्वमा रहेको सम्बोधन प्रकाशनबाट प्रकाशित आरोहणको सातौँ अङ्क आज एक कार्यक्रमको आयोजन गरी सार्वजनिक गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि समालोचक पेम्पा तामाङ अनि मुख्य वक्ता कवि एवं अध्येता ज्ञानेन्द्र खतिवडा थिए। यस कार्यक्रममा सुरेन्द्र थिङ, नोर्जाङ स्याङ्देनकमला तामाङले कविता वाचन गरेका थिए।

सन् 2000 देखि 2006 सम्म पाँच अङ्क श्याम ब्रदर्स दार्जिलिङबाट, छैटौँ अङ्क 2009 मा उपमा प्रकाशन कालेबुङ र सातौँ अङ्क अहिले सम्बोधन प्रकाशन सालुगढाबाट निस्केको हो।

यस अङ्कमा कवि राजेन्द्र भण्डारीसँग बासुदेव पुलामीको साक्षात्कार, वरिष्ठ साहित्यकार नरबहादुर दाहालको रामकृष्ण शर्मा जन्मशताब्दी विशेष लेख, जय क्याक्टसको समालोचना, शैलीका छेत्रीको निबन्ध, सञ्जय विष्टको वर्ण विन्यासबारे लेख, विन्द्या सुब्बा, अबीर खालिङ, मणिकुमार प्रधानसञ्जीव छेत्रीका कथा, मनप्रसाद सुब्बा, नोर्जाङ स्याङ्देन, ज्ञानेन्द्र खतिवडा, राजेन्द्र भण्डारी, अविनाश श्रेष्ठ, कालूसिँह रनपहेँली, सुरेन्द्र थिङ, केवलचन्द्र लामा, सुधा एम. राई, उदय थुलुङ, योगिता राई, प्रमिला मुखिया, कमला तामाङ, नीरज थापा, सुदर्शन तामाङ, सुरज गुरुङलगायत अन्यका कविता, समालोचक अर्जुन प्रधानको किताब-विमर्श, विलोक शर्मामोहन ठकुरीकोअनुवाद समाविष्ट छन्।

आरोहणले स्तरीयताको पक्षपोषण गर्दै आए तापनि यसको प्रकाशनमा निरन्तरताको कमी देखिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here