
दार्जिलिङ, ६ जनवरीः दार्जिलिङ घुम्न आएका ५७ वर्षीय पर्यटकको असामयिक निधन भएको छ । मृतक पर्यटकका नाम दिवाञ्जन साह बताइएको छ । उनी हुग्ली जिल्लाका बासिन्दा रहेको बताइएको छ ।
जानकारीका अनुसार गत ४ जनवरी अर्थात शनिवारका दिन दिवाञ्जन साह अन्य पाँचजनासँग दार्जिलिङ घुम्न आएका थिए । उनीहरू सोझै लामाहट्टा गएका थिए ।
हिजो अर्थात आइतवार दार्जिलिङ घुम्न आएका थिए ।
दार्जिलिङ घुमेर लामाहट्टा फर्केका पर्यटक दिवाञ्जन साहको स्वास्थ्य अवस्था अचानक बिग्रेपछि उपचारका लागि दार्जिलिङ जिल्ला अस्पतालमा ल्याइएको थियो, तर डाक्टरहरूले उनलाई मृत घोषित गरे । आज उनको शवलाई पोस्ट मर्टम गरी हुग्ली पठाइएको छ ।
उल्लेखनीय छ, पछिल्लो दिसम्बर महिनामा सन्दकफू घुम्न गएकी एक २८ वर्षीय पर्यटकको पनि असामयिक निधन भएको थियो ।