सुदीप्तको रातो डायरी कहाँ छ? सीबीआईले खोज्दैछ

0
1851

कोलकाता, 6 फरवरी : शारदा मामिलामा सीबीआईको दृष्टि सुदीप्त सेनको रातो डायरीमाथि अड़ेको छ। रातो डायरी फेला परे यसले दोषीहरूको जन्मकुण्डली खोल्ने सीबीआईलाई विश्वास छ। यसैले पनि सीबीआईले यो रातो डायरी खोजिरहेको छ।

तर यो रातो डायरी कहाँ छ? पत्तो लागेको छैन। शारदा प्रमुख सुदीप्त सेनकी सहायिका देवयानी मुखर्जीका अनुसार यो रातो डायरी एसआईटीले लगिसकेको छ। त्यसबेला एसआईटी नेतृत्व पुलिस आयुक्त राजीव कुमारले गरेका थिए।

अब सीबीआई यो रातो डायरीको खोजीमा पुनः सक्रिय बनेको छ। सीबीआईले मङ्गलवारै देवयानी मुखर्जीसँग केरकारका लागि बारासात अदालतमा एक आवेदन गरिसकेको छ।

सूत्रका अनुसार सुदीप्त सेनको डायरीसमेत प्रत्येक कुराको जानकारी देवयानीले नै राख्थिन्। शारदा मामिलामा एसआईटी गठनपछि तत्कालीन विधाननगरका सीपी राजीव कुमारको नेतृत्वमा बनिएको उक्त टीमकै हातमा देवयानीले सुदीप्त सेनको रातो डायरी, ल्यापटप र पेन ड्राइभसमेत धेरै दस्तावेज बुझाएकी थिइन्।

यद्यपि पुलिसले कुनै पनि प्रमाण लुकाएर र नष्ट पारेको कुरालाई अस्वीकार गरेपछि सीबीआईले देवयानीसँग पुनः केरकार गरी यी कुराहरूको पत्तो लगाउन चाहन्छ।

आखिर रातो डायरी, पेन ड्राइभ, ल्यापटपसमेत सबै दस्तावेज कस्तो हात छ अथवा लुकाइएको या नष्ट गरियो भने यसमा को दोषी छन्, यसको पत्तो लगाउन सीबीआई जुटेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here