विमलपन्थी गोजविमोले भन्यो- अमरसिंह राई र डा. रोहित शर्माले राजीनामा दिनुपर्छ

1
4818
विमलपन्थी गोजविमोद्वारा जारी प्रेस विज्ञप्ति।

दार्जीलिङ, ६ फरवरी : विमल गुरुङपन्थी गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा (गोजविमो)-ले दार्जीलिङ र खरसाङका विधायकद्वय अमरसिंह राई र डा. रोहित शर्माले नैतिक आधारमा राजीनामा दिनुपर्ने माग गरेको छ।

विद्यार्थी मोर्चाको पक्षमा सहसचिव अनमोल थापा, साङ्गठनिक सचिव सञ्जीव सुवेदी र केन्द्रिय समिति सदस्य नगेन लिम्बूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, “ पहाड़का जनताले माटोको सपना पूरा गर्नु र पहाड़को हितमा गर्नुका लागि अमरसिंह राई र डा. रोहित शर्मालाई विधायक बनाएर पठाएका हुन्। उनीहरूलाई जुन नेता र दलले विधायक बनाएर पठाए, ती नै नेता र दललाई विश्वासघात गरी आज उनीहरूले बङ्गालसँग सम्झौताको राजनीति गर्दैछन्।’’

विज्ञप्तिमा उनीहरूले थप लेखेका छन्, “पहाड़का खटिखाने गरीब जनताको पैसा शारदा, रोजभेल्लीजस्ता चिटफण्डले खाएर भागेको बेला विधायकहरूको कर्तव्य उनीहरूका लागि बोल्नु, हक खोजेर ल्याउनु थियो, तर सीबीआईले पीड़ित मानिसहरूलाई न्याय दिलाउनु पश्चिम बङ्गालमा आएर काम गर्दा उल्टै उनीहरूले सीबीआईको विरोध गर्नु कोलकातामा ममता ब्यानर्जीको धरनामा बोल्न पुगे।’’

विद्यार्थी मोर्चाका यी नेताहरूले पहाड़का विधायकद्वयले पीड़ित जनतामाथि भइरहेको अन्यायविरुद्ध उभिनको सट्टामा उल्टै गरीबहरूमनाथि अन्याय गर्नेहरूको पक्षमा उभिएको पनि बताएका छन्। यसका साथै विधायकद्वयको यस्तो कार्यको उनीहरूले घोर भत्सर्ना जनाएका छन्।

“यसैले हामी गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा उनीहरूको गरीबविरोधी, पहाड़विरोधी कार्यहरूको घोर भत्सर्ना जनाउँदै यी विधायकद्वयले राजीनामा दिनुपर्छ भनी माग गर्दछौं’’, उनीहरूले विज्ञप्तिमा थप लेखेका छन्,  “जुन मतदाताको भोट पाएर उनीहरू विधायक बने, ती मतदाताहरूलाई नै अन्याय गर्नेले जनताको आकांक्षा गोर्खाल्याण्डको कुराको उठान गर्नु त धेरै टाढ़ाको कुरा हो। यसैले अब पहाड़का जनताले यिनीहरूबाट राम्रोको अपेक्षा गर्नु भनेको पैसा माटोमा रोपेर रुपियाँ फल्छ भनेर विश्वास गर्नुजस्तो मात्र हो।’’

शारदा, रोजभ्यालीजस्ता चिटफण्ड कम्पनीले खाएको गरीबको पैसा फर्काइनुपर्छ भन्ने माग गर्दै विद्यार्थी मोर्चाले बङ्गालमा सीबीआईको कदमलाई स्वागत जनाउने पनि विज्ञप्तिमा थप बताइएको छ।

1 टिप्पणी

  1. Still we not reached in our destination or we not able to get our goals our dream our identity because in our society still this people are living just because of some money they are ready to sale their mother as well
    Till when this people in our society will not be on our goals
    So first we have to clean them then our goals our identity is not a big deal we will get its as soon as possible because its our birthright..!!!!!!
    Please thing positive

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here