विमलपन्थी मोर्चाका तीन कार्यकर्ता जेलमुक्त

0
1160

दार्जीलिङ, 6 फरवरीः पछिल्लो 29 नोभेम्बरका दिन पक्रा परेका विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) कार्यकर्ता बिहीवार जमानतमा मुक्त बनेका छन्। जमानतमा मुक्त हुनेहरूमा रङ्ग्ली क्षेत्रका दिपेन मोक्तान र आशिष स्याङ्बो तथा  बिजनबारी क्षेत्रका विधान देवान रहेका छन्।

उल्लेखनीय छ, 29 नोभेम्बरको राति पुलिसले दार्जीलिङ र खरसाङ क्षेत्रका करिब एक दर्जन विमलपन्थी मोर्चा कार्यकर्तालाई पक्राउ गरेको थियो, जसमा यी तीनजना कार्यकर्ता पनि थिए।

त्यसै दिनदेखि जेलमा रहेका उनीहरूले आज दार्जीलिङ जिल्ला न्यायालयबाट जमानत पाएपछि जेलमुक्त बनेको सूत्रले बताएको छ।

सूत्रका अनुसार पछिल्लो गोर्खाल्याण्ड आन्दोलनअवधि भएका हिंसात्मकमा संलग्न रहेका आरोपमा यी तीनैजनामाथि  पुलिसले विभिन्न मुद्दा दर्ता गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here