मिरिकको विमलको गर्जन, आँधी तुफानको चेताउनी

0
582

(फाइल फोटो।)

मिरिक, ६ फरवरीः प्रशासनले पहाडका कुनै स्थानमा आफूलाई जनसभा गर्न अनुमति नदिइरहेको आरोप गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङको छ।

लोकसभा चुनाउका लागि आफ्नो पार्टीलाई पुनः सक्रिय र सङ्गठित बनाउन अहिलेघडी विभिन्न क्षेत्र घुमिरहेका गुरुङ आज मिरिकको सौरेनी पुगेका थिए।

त्यहाँ उनले जनसभाको अनुमति नपाउनुको आक्रोश पोख्दै भने – “पहाडका कुनै पनि स्थानमा प्रशासनले जनसभाको अनुमति दिइयोस्, आँधी-तुफान देखाउनेछु।”

गुरुङको आरोप छ – सरकार र अहिले जीटीए चलाइरहेकाहरूको पोल खोलिने डरले नै प्रशासनले जनसभाका लागि उनलाई अनुमति नदिएको हो।

यति मात्र होइन, आज विमलले आफैँलाई भुप्रोभित्रको आगो बताए।

“कति बेला हावा चल्छ, मेरो रूप पक्कै देख्नेछ”, गुरुङले थपे, “त्यो रूप मैले भारत सरकार र पश्चिम बङ्गाल सरकारलाई देखाउनुपर्छ।“

यसैबिच उनले नाम नकाढि अनित थापामाथि पनि कटाक्ष गरे।

विमलको भनाइ थियो – अहिले जीटीए चलाउनेहरूलाई युवायुवतीलाई रोजगार दिननसकेका कारण उनीहरू अन्यत्र पलायन हुन परिरहेछ। कति युवा कुलतमा फँसिरहेका छन्।

अर्कोतर्फ, उनले पहाड बचाउन युवाहरूलाई अघि आउन आह्वान पनि गरे।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here