शहीद गोविन छेत्री पञ्च तत्त्वमा विलीन

0
1133
शहीद गोविन छेत्रीलाई श्रद्धाञ्जली दिँदै सेना अधिकारी। (फोटो : द गोर्खाली)

सिलगढ़ी, 6 मार्च : हिमाचल प्रदेशको किन्नौर जिल्लास्थित भारत-चीन सीमा पर्ने शिपकिलास्थित नमज्ञाको गोगरीमा सीमा सुरक्षा गरिरहेको समयमा हिम पैह्रोले शहीद भएका बिन्नागढ़ीका गोविन छेत्रीको बुधवार पूर्ण सैनिक सम्मानसहित अन्तिम संस्कार गरियो।

उल्लेखनीय छ, गत 20 फरवरीको दिन हिम पैह्रो भारतीय सेनाको 7 जेके राइफल्सका 6 जवान पुरिएका थिए, जसमा गोविन छेत्री पनि एक थिए। उक्त दिन हिम पैह्रोले पुरिएका जवानहरूको लगातार खोजी खटिएका भारतीय जवानहरूले सोमवार शहीद छेत्रीको शव बरामद गरेका थिए। त्यसपछि पोस्टमर्टम गरेपछि सेनाको विशेष विमानमार्फत् मङ्गलबार अपरान्ह बाघडुग्रा ल्याइएको शहीद गोविन छेत्रीको पार्थिव शरीरलाई सड़कमार्ग हुँदै पैतृक गाउँ डीसी कलोनी बिन्नागढ़ी पुर्‍याइएको थियो।

हिजो राति घर ल्याइपुर्‍याइएको छेत्रीको आज अन्तिम संस्कार गरियो। अन्तिम संस्कारमा सामेल हुन तथा श्रद्धाञ्जली चढ़ाउन सेनाका उच्चाधिकारी, स्थानीय नेतृत्ववर्ग तथा नागरिक सचेतका विशिष्ट व्यक्ति र आम मानिसहरूको बाक्लो सहभागिता थियो।

अन्तिम संस्कार गर्नअघि शहीद छेत्रीको अन्तिम दर्शन तथा श्रद्धाञ्जली चढ़ाउन  स्थानीय खेल मैदानमा पार्थिव शरीर केही घण्टा राखिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here