सिलगढ़ी, ६ मार्चः तृणमूल कङ्ग्रेस सुप्रिमो एवं राज्यकी मुख्यमन्त्री सिलगढ़ी आएकी छन्।
उनी आज अपराह्न करिब २:४० बजी बाघडुग्रा हवाईअड्डा आइपुगेकी हुन्। ममताले बाघडुग्रा हवाईअड्डामा पत्रकारहरूलाई संक्षिप्त सम्बोधन गरिन्।
यसअवधि उनले मूल्यवृद्धिको विरुद्ध भोलि सिलगढ़ीमा जुलूस निकाल्ने पनि बताइन्।
स्थानीय मल्लगढ़ीदेखि शुरू हुने जुलूस भेनस मोड़मा पुगेर समापन हुनेछ।
तृकं सुप्रिमो एवं मुख्यमन्त्री ममता ब्यानर्जीलाई हवाईअड्डामा पार्टी समर्थकहरूले भव्य स्वागत जनाएका थिए।
ममतासँगै सिलगढ़ीका तृकं उम्मेदवार प्रा. ओमप्रकाश मिश्र पनि सिलगढ़ी आएका छन्।