पूर्व सांसद एवं साहित्यकार भीम दाहालको निधन

0
1323

गान्तोक, ६ मार्चः सिक्किमका पूर्व सांसद एवं साहित्यकार भीम दाहाल अब हामीमाझ सशरीर रहेनन्।

६८ वर्ष पुगेका दाहालको हिजो राति करिब १०.३० बजे सोचेग्याङस्थित न्यु एसटीएनएम अस्पतालमा निधन भएको छ।

लामो समयदेखि बिरामी रहेका यी पूर्व सांसद एवं साहित्यकार केही दिनदेखि एसटीएनएम अस्पतालमा उपचाराधीन थिए।

तीन दिनअघि मात्र राज्यका पूर्व मुख्यमन्त्री एवं एसडीएफ अध्यक्ष पवन चामलिङ भीम दाहाललाई हेर्न तथा उनको स्वास्थ्य अवस्था बुझ्न एसटीएनएम अस्पताल पुगेका थिए।

भीम दाहाल पवन चामलिङ नेतृत्व सिक्किम डेमोक्रेटिक फ्रन्टका वरिष्ठ नेता थिए।

एसडीएफकै टिकटमा उनी १९९६ –देखि २००४ लोकसभा सांसद बनेका थिए। सांसदपछि दाहाल लामो समय पार्टीका प्रवक्ता बने।

भीम दाहाल नेता मात्र थिएनन्। एकजना उम्दा लेखक पनि थिए। द्रोह उपन्यासमा उनले २००६ मा साहित्य अकादमी पुरस्कार पाएका थिए। कवि-आख्यानकार दाहालका  विद्रोह, अभिष्टको खोज (उपन्यास), कथा तरङ्ग (कथा सङ्ग्रह), रगतको हस्ताक्षरसमृद्ध व्यथा कङ्काल अभिव्यक्ति (कविता सङ्ग्रह)-लगायत अन्य कृति प्रकाशित छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here